सुन तस्करीको नयाँ शैलीः सुनकै घडी, सुनकै चाबी !

Gold watch

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अझै सुन तस्करी रोकिएको छैन ।


विमानस्थल सुरक्षा प्रहरी कार्यालयले मंगलबार साढे ३ किलो सुनसहित २ जना थाई नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राहदानी नम्बर एबी १३७३७९८ बाहक जुथामस जाक्पारिंकक्याकूल र राहदानी नम्बर एबी १९९९५०३ बोकेका प्रियानुम होक्छाई छन् ।

विमानस्थल प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले सुनकै घडीको कभर, माला, बेल्टको बक्कल, चाबी लगायत बनाएर तस्करी गर्न खाजेका थिए । तर, विशेष सुराकीको आधारमा उनीहरु पक्राउ परे ।

उनीहरुलाई थप कारबाहीका लागि विमानस्थलको भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...