भरतपुरमा चल्यो गोली, ५ प्रहरी घाइते
चितवन । मूख्य राजमार्गमा तीनपांग्रे सवारीसाधनलाई गुड्न रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलित व्यवसायीमाथि प्रहरीले गोली प्रहार गरेको छ ।
केन्द्रीय वस टर्मिलन चोकमा भएको झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् ।
तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि आन्दोलित तीन पांग्रे सवारीका चालक, व्यापारी तथा प्रहरीबीच झडपका कारण भरतपुर तनावग्रस्त बनेको छ ।
झडपले उग्ररुप लिएपछि प्रहरीले गोली समेत चलाएको छ । प्रहरीको गोली लागेर केही प्रर्दशनकारी घाइते भएका छन् । अर्कातिर प्रर्दशनकारीले हानेको ढुङ्गाले लागेर ५ जना प्रहरी घाइते भएका छन् ।
प्रदर्शनकारीले सडकमा टायर बालेर बिरोध जनाइरहेका छन् । भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धासमेत परेको थियो ।
प्रतिकृया दिनुहोस