यूएइको श्रम सम्झौदा परिमार्जनसम्बन्धी छलफल

Uae

काठमाडौं । यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र नेपालका लागि यूएइका राजदूत सैड हमदम अल न्यावीबीच छलफल भएको छ ।

मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिन सक्ने गरी परिमार्जन गर्ने विषयमा मंगलबार छलफल भएको जनाएको छ ।

यूएइमा जान चाहने नेपाली श्रमिकको छनोट प्रणालीलाई पारदर्शी बनाउन र अनावश्यक मध्यस्थकर्ताको उपस्थितिको कारण अतिरिक्त शुुल्क तिर्नुपर्ने बाध्यताबाट मुक्त गर्दै श्रमिकसम्बन्धी समस्यालाई सहज समाधान गर्न दुवै देशका प्रतिनिधि रहेको संयुक्त समिति गठन गरी कार्य सञ्चालन हुन सकेमा श्रमिक आदानप्रदानलाई थप व्यवस्थित बनाउन सहयोग पुुग्ने मन्त्री विष्टले बताए ।

यूएइको माग र आवश्यकता अनुुरुप नेपालमा दक्ष जनशक्तिको उत्पादन एवं जनशक्तिको आपूूर्तिका सम्भावनाबारे आगामी दिनमा सघन रुपमा द्विपक्षीय छलफल गरी उपयुक्त विधि र पद्धति अवलम्बन गर्न उपयुक्त हुने स्पष्ट पारे । यूएइमा डाक्टर, इञ्जिनियर, नर्सलगायतका दक्ष जनशक्तिका लागि उच्च पारिश्रमिकको अवसर रहेको राजदूत न्यावीले बताए ।

उनले गन्तव्य मुलुुकको आवश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न र नेपाली श्रमिकको उत्पादकत्व अभिवृद्धि गरी स्वदेशमा नै स्वरोजगारीका अवसर वृद्धि गर्ने मन्त्रालयको प्राथमिकतामा यूएइ सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य रहने समेत आश्वस्त पारे ।

सो अवसरमा नेपाली श्रमिकका लागि यूएइमा रोजगारीका थप अवसरको सम्भावना, दुुई मुलुकबीचको श्रम सम्बन्धमा हुनुुपर्ने सुधारका क्षेत्र तथा यूएइमा रहेका नेपाली श्रमिकको व्यावसायिक सुरक्षालगायतका विषयमा छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...