दार्चुलाको पहिरोमा पुरिएर १ मजदूरको मृत्यु्
बैतडी । दार्चुलामा पहिरोले पुरिएर बुधबार १ जना मजदूरको मृत्यु भएको छ ।
शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओडका मृत्यु भएको कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।
बुधबार बिहान २ः३० बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै मृत्यु भएको हो । मृतक ओड विगत केही दिनदेखि शैल्यशिखर–९ रुप्सालखोला बाँजका मानसिंह विकको घर निर्माणको काम गरिरहेका प्रहरीले बताएको छ ।
सँगै सुतेका अन्य मजदूर भने भागेर बाँच्न सफल भएका इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृतक ओडको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।
प्रतिकृया दिनुहोस