डिभाइडरमा कार ठोकिएर १ जनाको मृत्यु ३ घाइते
भक्तपुर । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।
अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा३ च८३१७ नंको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक गम्भीर घाइते भई उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट भएका राउतको दुर्घटनामा घाइते भएका कारमा सवार रमेशराजका छोरा १८ वर्षीय रवीन राउतको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
सोही समयमा एकै दिशाबाट आइरहेको बा४६ प१५५२ नंको मोटरसाइकलले दुर्घटनाग्रस्त कारलाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप खाँडादेवीका ३१ वर्षीय विष्णुबहादुर श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रामेछाप घर भएका ३३ वर्षीय राजन श्रेष्ठसमेत घाइते भएका छन् । घाइते दुवैको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कार चालक रमेशले मादकपदार्थ सेवन गरी चलाउँदा कार अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएको र कार ठोक्किएर फर्किदा मोटरसाइकलसमेत कारमा ठोक्किन पुगी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिकृया दिनुहोस