धानको समर्थन मूल्य सिफारिसः प्रतिक्विन्टल रु दुई हजार तीन सय ३१

Rice plantation

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धानको समर्थन मूल्य सिफारिस गरेको छ।कृषिले अर्थ मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय र किसान आयोगको सहमतिमा धानको न्यूनतम समर्थन मुल्य सिफारिस गरेको हो।

समर्थन मूल्य तोकिंदा धान रोप्नु भन्दा पहिलेनै तोकिनु पर्ने भए पनि सरकारले ढिलो गरी मूल्यको प्रस्ताव गरेको हो। मूल्य सिफारिस भएको अहिले रोपिएको धान बालीका लागि हो।
सिफारिस भए अनुसार प्रतिक्विन्टल मोटो धानको २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानका लागि प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा रहेको छ।

न्यूनतम समर्थन मूल्यको अन्तिम निर्णय भने मन्त्रिपरिषदबाट हुनेछ।
गत १८ जेठमा कृषि मन्त्रालयले मूल्य निर्धारण गर्नको लागि एक समिति गठन गरेको थियो। उक्त समितिको परामर्शमा मूल्य सिफारिस गरेको हो।

बालि लगाउनुभन्दा ६ महिनाअघि नै न्यूनतम समर्थन मूल्य तोक्ने अन्तर्राष्ट्रिय अध्यास छ। बालि लगाउनु भन्दा पहिले आएको मूल्यको आधारमा किसानहरुले बालि लगाउने प्रचलन अन्तर्राष्ट्रिय रुपमा रहेको छ।

देशभर करिब तीन चौथाईको हाराहारीमा रोपार्इं भइसकेपछि सरकारले धानको समर्थन मूल्य सिफारिस गरेको हो। यो नै अन्तिम मुल्य भने होईन। यदि यहि मूल्यलाई मन्त्री परिषद्ले पारित गरेको खण्डमा भने किसानले न्यूनतम मूल्य पाउने छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...