बाल यौनदुराचारको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ

Arrest

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले बाल यौनदुराचारमा संलग्न दुई जना फ्रान्सेली नागरिक काठमाडौंको गौशालाबाट पक्राउ गरेको छ । बाल यौन दुराचारमा संलग्न फ्रान्सेली नागरिकद्धय ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्सलाई शुक्रबार विमानस्थल जाने क्रममा गौशालाबाट पक्राउ परेका हुन् ।

काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका भद्रबासस्थित एक घरमा डेरा गरी बसेका उनीहरुमाथि करिव २२ दिनको निगरानीबाट बाल यौन दुराचारी भएको पुष्टि भएपछि पक्राउ गरी कार्वाही प्रक्रिया सुरु गरिएको व्यूरोका निर्देशक प्रहरी नायव महानिरीक्षक नारायणसिंह खड्काले जानकारी दिए। प्रहरीले निगरानी बढाएको पत्तो पाएपछि उनीहरु भाग्ने क्रममा पक्राउ गरिएको पनि व्यूरोद्वारा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।

व्यूरोले निजहरुले स्थानीय १० देखि १४ वर्षका बालकहरुलाई फुटवल, चक्लेट, स्र्पोर्टस् ड्रेस किनीदिने, खाजा र खाना खुवाउने जस्ता काम गरेर पालैपालो बच्चाहरुलाई यौन दुराचार गरेको पनि जनाएको छ। पीडितहरुले दिएको उजुरीको आधारमा उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अघि बढाएको पनि व्यूरोका निर्देशक खड्काले जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...