कामु प्रधानन्यायधीशविरुद्ध उजुरी दिनेसँग संसदीय सुनुवाई समितिको छलफल

Kamu nyadhisa

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीको संसदीय सुनवाई बिहीबार गर्ने भएको छ । त्यसअघि समितिले जोशीविरुद्ध परेका उजुरीहरुबारे उजुरीकर्ताहरुसँग विस्तृत छलफल गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिले मंगलबार प्रधानन्यायाधीशमा प्रस्तावित जोशीविरुद्ध उजुरी दिने ५ जना उजुरीकर्तासँग छुट्टाछुट्टै प्रमाणसहित विस्तृत छलफल गरेको हो । उजुरीकर्ताहरुसँग प्रमाणसहित विशेष छलफल गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए। उजुरीकर्ताहरुले दिएको प्रमाणको सत्यतथ्य छानविन गर्न बुधबार पनि समितिको बैठक बोलाइएको छ।

समितिका जेष्ठ सदस्य कर्णले उजुरीकर्ताहरुको प्रमाणको सत्यतथ्य छानविन गरेपछि बिहीबार अपरान्ह १ बजे प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको सुनुवाई गर्ने कार्यसूची तय गरिएको पनि जानकारी दिए।

समितिको गत श्रावण ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो । संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्नेछिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...