लाओसमा ड्याम भत्किँदा सयौं बेपत्ता

Laos

काठमाडौं । लाओसमा रहेको एक निर्माणधीन ड्याम भत्किँदा सयौं मानिसहरु बेपत्ता भएका छन् । मंगलबार आएको बाढीले उक्त ड्याम भत्काएको हो । ड्यामसँगै धेरै घरहरु पनि बगेका छन् ।

अधिकारीहरुले दिएको जानकारीअनुसार सो क्षेत्रमा उद्धारको लागि डुङ्गाहरु परिचालन गरिएको छ । अट्टापेउ प्रान्तमा रहेको सानसाई जिल्लामा रहेको यो ड्याम भत्किएको हो ।

जलविद्युत् उत्पादनका लागि निर्माणको क्रममा रहेको सो ड्याम पानीको सतह अत्यधिक मात्रामा बढेसँगै भत्किएको हो । कम्युनिष्ट राज्य लाओस एसियाको सबैभन्दा गरिब मुलुकहरुमध्येको एक हो । यो मुलुक आफ्नो बिजुली बिक्री गर्दै एसियाको ब्याट्रि बन्ने योजनामा अघि बढिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...