बिराटनगरस्थित भारतीय क्याम्प बन्द हुने

Bharat1

काठमाडौं । बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने भएको छ ।

मंगलबार १ बिज्ञप्ति जारी गरी भारतीय दूतावासले अर्को सातादेखि उक्त कार्यालयबाट दिइदै आएको सबै सेवा बन्द गर्ने जनाएको छ ।

भारतीय दुतावासको बिज्ञप्ति अनुसार बिराटनगरस्थित क्याम्पबाट दिइदै आएको सबै सेवाहरु आउदो साउन १६ (अगष्ट १) गतेदेखि बन्द गरिने छ ।

त्यसमा सवारी साधनको अनुमति पत्र, भारतीय नागरिकलाई दिइने दर्ता प्रमाणपत्र र जन्म तथा मृत्यु दर्ता सेवालगायत रहेका छन् ।

क्याम्पमा बन्द गरिएका जुनसुकै सेवाका लागि काठमाडौंस्थित भारतीय दुतावासमा सम्पर्क गर्न भनिएको छ ।

सन् २००८ को कोशी बाढीपछि विराटनगरमा साइट अफिसको रुपमा भारतीय क्याम्प स्थापना गरिएको थियो । स्थापना पछि नै उक्त क्याम्प विवादमा पर्दै आएको थियो । नेपालको तर्फबाट क्याम्प बन्द गर्ने बारेमा बेला बेला कुरा उठाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...