भरतपुरको मुख्य सडकमा ३ पाङ्ग्रे गाडि रोक

E rikshaw

चितवन । भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा ३ पाङ्ग्रे सवारीसाधन सञ्चालनमा मंगलबारबाट रोक लगाएको छ ।

३ पाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न लागेको कार्य्विरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले सोमबार वैकल्पिक सडक भएका ठाउँमा ३ पाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न बाटो खुल्ला गरिदिएको थियो ।

मंगलबारबाट तोकिएका ठाउँमा तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । इजलासबाट सोमबार जारी आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षी भरतपुर महानगरपालिकाभित्र पर्ने राजमार्गको वैकल्पिक सडक भएका स्थान बाहेक सो राजमार्गको वैकल्पिक सडक नभएका स्थानसम्ममा मात्र प्रवेश गर्न निवेदनमा उल्लेखित प्रकृतिका तोकिएको मापदण्ड पूरा गरेका सवारीसाधनलाई रोक नलगाउनु भनी विपक्षीका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

हेटौँडा इजलासको आदेश अनुसार राजमार्गको वैकल्पिक सडक भएका ठाउँमा तीन पाङ्ग्रे सवारीसाधन व्यवस्थापनको बाटो खुल्ला भएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताए । उनले ‘ई’ रिक्सा, अटो, टेम्पोलगायतका तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनसँगै शहरको सुन्दरता र यातायातलाई प्रभावकारी सञ्चालनको काममा महानगर दृढ संकल्प लिएर अघि बढ्ने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बाटो काट्नुपर्ने १६ ठाउँ बाहेकका ठाउँमा तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको बताए । पहिलो दिन सम्झाइबुझाइ पठाइएको र जरीवाना नगरिएको उनले बताए ।

महानगरले साउन ५ गतेबाट ती सडकमा ३ पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने सूचना जारी गरेको थियो । ‘इ’ रिक्सा तथा अटो व्यवसायीले उच्च अदालत पाटनको हेटौंँडा इजलाशमा रिट दायर गरेपछि महानगरले अदालतको फैसला कुरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...