मृतकको परिवारलाई ५ लाख क्षतिपूर्ति

हुम्ला । करेन्ट लागेर मृत्यु भएकी १ महिलाको परिवारलाई स्थानीय प्रशासनले ५ लाख ३५ हजार क्षतिपूर्ति उपलब्ध गराएको छ ।

गत शुक्रबार करेन्ट लागेर मृत्यु भएकी सीमिकोट गाउँपालिका–२ ठेहेकी ४५ वर्षीया जसी भण्डारीको परिवारलाई सो रकम क्षतिपूर्तिस्वरुप उपलब्ध गराइएको हो ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको नेतृत्वमा बसेको सर्वदलीय बैठकले मृतकको परिवारलाई क्षतिपूर्ति रकम तथा परिवारको १ जना सदस्यलाई रोजगारीको व्यवस्था गर्ने निर्णय गरेको हो ।

विद्युत्को तार सट भई करेन्ट लाग्दा स्थानीयवासी कलदरी भण्डारी, धनपुरी बोहरा, देवकली बोहरा र कर्णबहादुर बोहरा घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...