डा. केसीका पक्षलाई निःशर्त वार्तामा आउन सरकारको आह्वान

Ministry of education science and technology

काठमाडौं । सरकारी वार्ता टोलीले डा. गोविन्द केसीका पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेको छ ।वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा. केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका छन् । उनले डा. केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताए ।

संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा. केसीलाई काठमाडाँै नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा. केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताए ।
सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा. केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।

यसबीचमा वार्ता टोलीले तीन पटक डा. केसीका पक्षसँग वार्ता गरिसकेको छ । विज्ञप्तिमा वार्ताबाट छिटो समाधान ननिस्कने देखेर नै डा. केसीको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन सरकारले उनलाइ जुम्लाबाट काठमाडौँ ल्याई अभिभावकत्वको भूमिका निर्वाह गरेकोसमेत उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...