विद्यालय समायोजन र तह घटाउने निर्णयप्रति कांग्रेस

Ghodagdi

सुखड । कैलाली जिल्लाको घोडाघोडि नगरपालिकाको निर्णयप्रति नेपाली कांग्रेसले ध्यानाकर्षणसहितको ७ बुदे ज्ञापन पत्र बुझाएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ कैलालीका सभापति खेमराज चौधरीद्वारा हस्ताक्षरित ज्ञापन पत्र नगरपालिकाको कार्यालयमा बुझाइएको छ ।

आधुनिक समाजमा सिक्षाको उन्नती र बिकास गर्नुको सट्टा प्रजातान्त्रिक शासनकालको सबैभन्दा कालो धब्बा लाग्ने गरी विद्यालय समायोजन गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

यता नगर प्रमुख ममता प्रसाद चौधरीले भने ‘विद्यालय मिलान र तह घटाउनु भनेको शिक्षामा गुणस्तर ल्याउनु हो, विद्यालय समायोजन र मिलान कार्य धेरै अगाडि बढ्नु पर्ने, सिक्षा ऐन र नियमावलीमा पहिले नै यो कुरा आइसकेको छ ।

सामुदायिक विद्यालयलाई मात्र होइन अब निजि विद्यालयलाई पनि नियमन गर्ने र घोडाघोडी नगरपालिकामा ७ वटा विद्यालयलाई मिलान र ९ वटाको तह घटाएको जानकारी दिए ।

उनले भने( ‘अहिले विद्यालयहरु व्यथितिको भरमा छ, जागिर खुवाउने भाडो भएको छ, जनताको आवस्यकताले विद्यालय खोलेको हो अवस्था अनुसारको ब्यवस्थापन गर्दै जानुपर्छ, हचुवाको भरमा होइन तथ्यका आधारमा हामी अघि बढेका छौ । ̓

सामुदायिक विद्यालयलाई पनि निजि विद्यालय भन्दा कम छैन भन्ने बनाउन जिम्मेवार पार्टीले कुरा बुझ्नुपर्छ । आधारभुत तह सुनिस्चित राख्नुपर्छ भन्ने दायित्व काधमा आएको बताए ।

आगाडी भने ‘अहिले विद्यालयले यो त्यो भनेर शुल्क उठाइ रहेको छ, अब हाम्रो दायित्व, आधारभुत तहसम्म कुनै पनि शुल्क लिन नापाउने गरि, निः शुल्क र अनिवार्य सिक्षा अगाडि बढाउनुपर्छ भन्ने लागेर यो काम सुरु गरेका हौ । ̓ यस वर्ष घोडाघोडी नगरपालिकाले शिक्षा क्षेत्रमा साढे ३ करोड लगानी गर्ने योजना बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...