विकास बजेट बोकेर जनप्रतिनिधि जुवाको खालमा

Juwa

पाल्पा । रेष्टुरेन्टमा जुवा खेल्दै गरेको अवस्थामा जनप्रतिनिधिसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तानसेनको ‘सेन्चुरी हट रेष्टुरेन्ट’बाट १ लाख १५ हजार ६ सय ९५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको पाल्पा प्रहरीले बताएको छ ।

जुवा खालबाट तानसेन नगरपालिका वडा नं ११ का वडा सदस्य चुराबहादुर गोदार, तानसेन ४ का कृष्ण थापा, गणेश कुँवर, तानसेन ३ का सुशील कुँवर, तानसेन २ का टेकनाथ न्यौपाने, तानसेन ४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका ६ का शिव जिसीलाई पक्राउ गरेको हो ।

वडा सदस्य चुराबहादुर असारको अन्तिमतिर विकासे बजेटमा भ्रष्टाचार गरेको रुपैयाँ बोकेर जुवा खेल्न गएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...