आन्दोलनकारीको प्रहारले महिला प्रहरी घाइते

Kanchanpur

कञ्चनपुर । आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी महिला प्रहरी जवान घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते ुभएको छ ।

बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने क्रममा भएको झडपमा परी जिल्ला प्रहरी कार्यालय कञ्चनपूरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुवँर घाइते भएको हो ।

घाइते कँुवरको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

महेन्द्रनगरदेखि झोलुंगे पुलसम्म जाने ई—रिक्सामा नगरपालिकाले लगाएको शुल्कको विरोधमा अटोरिक्सा चालक र नेपाल विद्यार्थी संघले चक्काजाम गर्न खोजेको प्रहरीको भनाइ रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...