जुम्लाबाट उठाएर ल्याइएका डा. केसीलाई लगियो शिक्षण अस्पताल
काठमाडौं । डा. गोविन्द केसीलाई जुम्लाबाट ल्याएर शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
जुम्लाबाट डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरले बिहीबार साँझ ६ः४५ बजे टुँडिखेलमा अवतरण गराएको थियो । टुँडिखेलमा अवतरण गरेपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केसीलाई सरकारले काठमाडौँ ल्याउने भएपछि बिहीबार बिहानै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र आईएमओका डिनलाई शिक्षण अस्पताल तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए ।
जुम्लामा २० दिन अनशन बसेका डा. केसीलाई सरकारले बल प्रयोग गरेर काठमाडौँ ल्याएको थियो । अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट केसीलाई नेपाली सेनाको व्यारेकमा लगेपछि त्यहाँबाट हेलिकोप्टरमा सुर्खेत झारिएको थियो ।
यसअघि नेपाली सेनाको छाउनस्थित सैनिक अस्पतालमा पनि केसीको उपचारका हुने बताइएको थियो । तर, सेनाको अस्पतालमा लैजाँदा नकारात्मक सन्देश जान सक्ने भएपछि सरकारले केसीलाई वीरमा लगेको हो ।
प्रतिकृया दिनुहोस