१ सय वर्ष पुरानो बालगोपालका मुर्तिसहित २ जना पक्राउ

Baal gopal

पाल्पा । १ सय वर्ष पुरानो बालगोपालको प्राचिन पुरातात्विक महत्वको मुर्तिसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पाल्पा छहरा गाउँपालिका–४ का २७ वर्षीय दोलखबहादुर सोमई र काभ्रे तेमाल गाउँपालिका–५ का ३७ वर्षीय दिपक मैनाली पक्राउ परेका छन् ।

सोमईको पेरिसडाँडा स्थित कोठाबाट खानतलासी गरी प्रहरीले ८ किलो १ सय ७० ग्रामको ३४ सेमी लम्बाई भएको एउटा मुर्ति बरामद गरिएको छ ।

पक्राउ परेका दुवैजनालाई प्राचिन स्मारक संरक्षण ऐन बमोजिम आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...