ससुरा हत्याको अभियोगमा ठूलीमायालाई जन्मकैद
हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका-७ की ठूलीमाया स्याङतानलाई सुसुराको हत्या गरेको भन्दै जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला सुनाएको छ ।
गत चैत्त १२ गते ससुराको हत्याको अभियोगमा उनलाई पूर्पक्षको लागि थुनामा पठाइएको थियो । ससुरा सुर्यबहादुर स्याङ्तानको हत्या गरेको भन्दै प्रहरीले ठूलीमाया र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिएको थियो ।
हत्यामा संलग्न बुहारी ठूलीमायालाई सर्वस्वसहित जन्मकैद तथा नातिनी १५ वर्षकी मनितालाई ५ वर्ष कैद फैसला गरेको हो ।
नातिनीको हकमा भने बालिग रहेको कारण दुइवर्ष मात्र कैद तोकिए पनि बालिका भएको भन्दै अदालतले फैसला स्थगन गरेको छ ।
हत्याको खबर आएपछि बकैयास्थित हात्तिसुँडे प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न भएको भन्दै बुहारी ठूलीमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिइएको थियो ।
हत्या भएका सुर्यबहादुरका ५ जना छोरा रहेका छन् । उनीहरुमध्ये २ जना कामको सिलसिलामा विदेशमा छन भने ३ जना काठमाडौँमा रहेको प्रहरीले जनाएको छ ।
ठूलीमायाले ससुराको हत्या गर्ने क्रममा उनका श्रीमान भने विदेशमा थिए ।
प्रतिकृया दिनुहोस