विराटनगरमा ५ अर्ब २१ करोड राजश्व संकलन
विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४(७५ मा कूल ५ अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ ।
सो अवधिमा कार्यालयले ५ अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए ।
आव २०७३(७४ मा कार्यालयले ४ अर्ब ४६ करोड ७२ लाख १३ हजार राजश्व असुली गरेको थियो । गएको आवमा अघिल्लो आवको तुलनामा ७४ करोड ६१ लाख ९ हजार बढी राजश्व संकलन गरेको थियो ।
आव २०७४(७५ मा संकलित राजश्वमा आयकरतर्फ १ अर्ब ६२ करोड ३० लाख ६० हजार, बहालकर १० करोड ७० लाख २२ हजार, ब्याजकर ५ करोड ९३ लाख ११ हजार, मूल्यअभिवृद्धि कर १ अर्ब २१ करोड ७८ लाख ८ हजार, अन्तः शुल्क २ अर्ब ३५ करोड ६७ लाख ६९ हजार, स्वास्थ्य सेवा कर १२ करोड ३९ लाख ५१ हजार तथा शिक्षा सेवा कर २ करोड ७६ लाख ७८ हजार रहेको छ ।
यसैगरी मोरङमा सबै प्रकारको गरी कूल ४० अर्ब ४१ करोड ६० लाख ८० हजार राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ ।
सो राजश्व कृषि विकास बैंक उर्लाबारी, कृषि विकास बैंक विराटनगर, राष्ट्रिय वाणिज्य बैंक बेलबारी र राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह रानी विराटनगरबाट प्राप्त भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद पौडेलले बताए ।
प्रतिकृया दिनुहोस