रोल्पाको पहिरोले यात्रु बस पुरियो

Bus  pahiro

रोल्पा । रोल्पाको सहिदमार्गको दुईखोली सडकखण्डमा पहिरोले यात्रु बस पुरेको छ ।

परिवर्तन गाउँपालिका चप्कामा सडकमा फसेको बस माथिबाट खसेको पहिरोले पुरिएको हो । परिवर्तन गाउँपालिकाकी उपाध्यक्ष हितकुमारी बुढाका अनुसार मंगलबार राति पहिरोले बस पुरिएको हो ।

पहिरो आउन थालेपछि यात्रु र चालक बसबाट निस्किसकेकाले कुनै मानवीय क्षति भने भएन । ‘बस पहिरोले पुरिएको छ । सडकबाट हुट्यएर खोला पुगेको बसको एउटा टायर मात्र देखिन्छ’ घटनास्थल पुगेकी उपाध्यक्ष बुढामगर भन्छिन, ‘पहिरो आउने क्रम रोकिएको छैन ।’

गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले सहिदमार्ग निर्माण कार्यालयलाई सडक खुलाउन र बसको उद्दार गर्न अनुरोध गरिएको बताए । जेसिभी र डोजर पठाइएको सहिद मार्ग निर्माण कार्यालयले जनाएको छ । पहिरो झरिरहेकाले जेसिभी ड्राइभरसमेत पहिरो पन्छाउन डराईरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...