कैलालीको जोशीपुर गाउँपालिकामा व्यापक आर्थिक अनियमितता

Josipur gaupalika

कैलाली । जोशीपुर गाउँपालिकामा आर्थिक अनियमितता भएको गुनासो आएपछि स्थानीयले नागरिक समाज गठन गरेर अनियमितता रोक्न दवाव दिएका छन् ।

नागरिक समाज जोशीपुरले गाउँपालिकामा हुने अनियमितता र मनपरी रोक्न २४ बुंदे माग सहितको ज्ञापनपत्र बुझाएको छ । समाजका संयोजक चन्द्रप्रकाश चौधरीले गाउँपालिकामा भइरहेको अनियमितता रोक्न र गाउँपालिकाको विकासका लागि गम्भिर बन्न चेतावनी सहितको ज्ञापनपत्र बुझाएका हुन् ।

उनले शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतका क्षेत्रको विकासमा नलागी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि आर्थिक अनियमिततामा भुलेको आरोप लगाए । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले मनपरी गरेको स्थानियको गुनासो छ ।

स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत नारायण बिष्टले मासिक ७० हजार रुपैया भ्रमण बिल पास गरेर रकम खाने गरेका छन् । यसैगरी महिला उत्थानको शिर्षकमा रहेको १६ लाख रुपैया कागजी प्रक्रीया पुरा गर्न स्थानीय महिलालाई २ सय रुपैया भत्ता दिएर कार्यक्रम गरिएको छ । विष्ट, यसअघि स्थानीय निकायमा अधिकृत भएर काम गर्दा धेरै ठाउँबाट लखेटिएका छन् । नागरिक समाज ७ वटै वडाका १ सय २५ जना बसेर गठन भएको हो ।

त्यस्तै, गाउपालिकामा भएको भ्रष्टाचारको छानविनको माग गर्दै एउटा समूह अख्तियार गुहार्ने तयारीमा लागेको बताईएको छ । सोही विषयमा बुझ्न गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीलाई फोन गर्दा उनको फोन उठेन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...