विश्वकप विजेता फ्रान्सेली टोलीलाई भव्य स्वागत

France welcomed

काठमाडौं । विश्वकप विजेता फ्रान्सेली टोली सोमबार घर फकिँदा लाखौं समर्थकले देशका नयाँ आदर्शहरुलाई भव्य स्वागत गरेका छन् ।

आइतबार मस्कोको लुझनिकी रंगशालामा क्रोएसियालाई हराउँदै उपाधि जितेको टोलीको नगर परिक्रमामा साथ दिन सडकमा ओर्लिएका ३ लाखभन्दा बढि समर्थक तथा टिमको सुरक्षाका लागि प्रशासनले २ हजारभन्दा बढि सुरक्षाकर्मी परिचालन गरेको थियो ।

लाखौं समर्थकसँगै विश्व विजेता टिमले नगर परिक्रमा गरिरहँदा फ्रान्सेली वायु सेनाका ९ वटा विमानले आकाशबाट तिनलाई साथ दिएका थिए । टिमको सम्मानमा आकाशमा एक्रोब्याटिक उडान गर्ने क्रममा ति विमानहरुले राष्ट्रिय झण्डाजस्तै देखिने गरी निलो, सेतो र रातो धुँवा फ्याकेका थिए ।

नगर परिक्रमापछि विजेता टोली निलो सुटमा सजिएर राष्ट्रपति इमानुयल म्याक्रोन र उनकी श्रीमती ब्रिगिटेद्धारा आयोजित स्वागत समारोहमा पुगेका थिए । स्वागत समारोहमा राष्ट्रपति दम्पत्ती पनि निलो लुगामै सजिएर बसेका थिए ।

म्याक्रोनले यसअघि नै विश्व च्याम्पियन टोलीलाई देशका लागि असाधारण सेवा पुर्याउनेले पाउने ‘लेजन अफ अनर’ बाट सम्मान गर्ने घोषणा गरिसकेका छन् । १९९८ मा आफैले आयोजना गर्दा पहिलो पटक विश्वकप जितेको फ्रान्सले विश्व फुटबलको सबभन्दा ठूलो उपाधि जितेको यो दोस्रो पटक हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...