अनशनरत डा. केसी अत्तालिन थाले
काठमाडौं । सास फेर्न कठिन भएपछि अनशनरत डा. गोविन्द केसी अत्तालिन थालेका छन् ।
श्वासप्रश्वासमा समस्या हुन थालेपछि डा. केसी बेलाबेलामा अत्तालिने गरेको चिकित्सकले बताएको छ ।
आइतबार रातिदेखि देखिएको यो समस्या बढ्दै गएको छ । मंगलबार बिहान ४ बजेतिर डा. केसीलाई सास फेर्न गाह्रो भएको थियो । अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको थियो ।
समाचार अनुसार विगत १० दिनदेखि मुटुको चाल बढ्दो क्रममा छ । मुटुको चाल बढ्नु डा. केसीका लागि अर्को ठूलो खतरा रहेको चिकित्सकले बताएका छन् ।
प्रतिकृया दिनुहोस