पोखरामा नयाँ प्रविधिको सडक
पोखरा । पोखरामा नयाँ प्रविधिको प्रयोग गरेर सडक कालोपत्रे गरिएको छ ।
पोखराका ईन्जिनियर दुई युवाले प्लास्टिक प्रयोग गरेर सडक कालोपत्रे गर्न सकिने उदहारण प्रस्तुत गरेका हुन् ।
ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर सडक कालोपत्रे गर्ने प्रविधि प्रयोग गरेर नमुना योग्य कार्यको उद्घाटन गराएका छन् । भुटानमा सिकेको एक हप्ते तालिमबाट मेकानिकल ईन्जिनियर विमल बास्तोला र सिभिल इन्जिनियर राजीव सुवेदीले उक्त प्रविधिबाट सडक कालोपत्रे गरेका हुन् ।
कम्पनीले बास्तोला र सुवेदीलाई उक्त एक हप्ते तालिम लिन भुटान पठाएको थियो । पोखरा १४ अनुपम मार्गमा प्लास्टिक पेलेर १ सय मिटर सडक कालोपत्रे गरिएको छ ।
उक्त सडकको प्रदेशसभा सदस्य विन्दु कुमार थापा र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । प्रदेश सभा सदस्य थापाले सडक कालोपत्रेको नविनतम प्रयोगले वातावरण प्रदुषणलाई कम गर्ने भन्दै यो उपयोगी हुने बताए । मेयर जिसीले प्लाष्टिक पेलेर सडक कालोपत्रे गर्ने प्रविधिले वातावरणीय प्रदुषणको मात्रा घटाउन उपयोगी हुने बताए ।
फोहोरका रुपमा फालिने र ब्यवस्थापनमा समेत कठिन मानिने प्लास्टिकको प्रयोगले सडक कालोपत्रे गर्ने प्रविधि बलियो र टिकाउ हुने युवाहरुको दाबी छ ।
प्रतिकृया दिनुहोस