आइएमई जनरल इन्स्योरेन्सको प्रिमियम शुल्क १ अर्ब नाघ्यो
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७४ र ७५ मा १ अर्ब ९२ लाख बीमा शुल्क आर्जन गरेको छ ।
उच्च व्यवस्थापन तथा कर्मचारीहरुसँग शुभकामना आदान प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले शाखा संख्या ४२ पुगेको जानकारी दिए ।
छोटो अवधिमै कम्पनीले प्रगति हासिल गर्नुमा कर्मचारीको मिहेनत प्रमुख कारण रहेको उनले बताए ।
कर्मचारीको संख्या २ सय ३५ रहेको उनले जानकारी दिदै उनले एक उत्कृष्ट निर्जीवन बीमा कम्पनीको रुपमा यसलाई अघि बढाउने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस