कैलालीमा बम भेटियो, डिस्पोजको प्रयास हुँदै
कैलाली । जिल्लाको लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा बुधबार बिहान २ वटा प्रेसर कुकर बम फेला परेका छन् ।
नगरपालिकामा रहेको मेघाश्री उद्योग परिसरमा बम फेला परेको हो । इलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको जानकारी दिए ।
प्रहरीले बम फेला परेको स्थानलाई अहिले घेरा हालेर राखेको छ । प्रहरी निरीक्षक जोशीले बम डिस्पोजका लागि गोरंगेस्थित नेपाली सेनालाई खबर गरिएको बताए ।
प्रतिकृया दिनुहोस