चितवनमा जिउँदो सालकसहित २ जना पक्राउ

Salak

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारबाट जिउँदो सालकसहित बुधबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पाल्पाको बगनास गाउँपालिका–३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका–६ बस्ने २८ वर्षीय टेकबहादुर गुरुङ पक्राउ परेका चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मुग्लिङ बजारको बाटो हुँदै सालकको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र इलाका प्रहरी कार्यालय मुग्लिङको संयुक्त टोलीले चेकजाँच गर्दा आज उनीहरु सालकसहित पक्राउ परेको ढकालको भनाइ छ ।

पैदल हिडिँरहेका बेला प्रेमबहादुर थापाले पछाडि भिरेको झोलामा उक्त सालक फेला पारिएको हो । गोरखाको छेपेटार भन्ने स्थानबाट सालक ल्याई बेचबिखनको लागि काठमाडौँतर्फ लैजान लागेका बेला उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

सालक र पक्राउ मानिसहरुलाई आवश्यक कानूनी कारबाहीको लागि इलाका वन कार्यालय मुग्लिङमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...