शोकमा डुब्यो धरान, बिहीबार मात्रै सुब्बाको दाहसंस्कार हुने

Tara subba 1

धरान । आफ्ना नेताको निधनले धरान शोकमा डुबेको छ । मंगलबार हेलिकप्टरबाट सुब्बाको शब धरान ल्याइदा धरानबासी आँसुमा डुबेका थिए ।

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो । दुईसाता अगाडि छातीमा इन्फेक्सन भएपछि उनलाई ग्राण्डी अस्पताल लगिएको थियो ।

छातामा निमोनियाको इन्फेक्सनसँगै मृगौला प्रयारोपणसमेत गरिएको थियो । सुब्बालाई ग्राण्डी अस्पतालको आइसियुमा राखेर उपचार गरिएको भए पनि स्वास्थ्यमा सुधार भएपछि आइतबार मात्रै नर्मल वेडमा सारिएको थियो ।

सथानीय निकायको निर्वाचनमा धरान उपमहानगरपािलकाबाट निर्वाचित सुब्बाको निधनपश्चात सुब्बाको शव हेलिक्प्टरबाट धरान ल्याइएको छ । उनको शवलाई अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।

सुब्बाको बिहीबार मात्रै दाहसंस्कार हुनेछ । सुब्बाका आफन्तहरु हङकङ तथा युकेमा रहेका कारण सुब्बाको दाहसंस्कार बिहीबार मात्रै गरिने भएको हो ।

को हुन् सुब्बा ?
तेह्रथुमको खाम्लालुङमा २०२३ माघ १८ गते जन्मिएका सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनी १३ वर्षको उमेरमा अध्ययन गर्न झापाको गोलधाप झरेका थिए ।

पञ्चायती व्यवस्था विरुद्धको विद्यार्थी आन्दोलनदेखि नै राजनीतिमा सकृय रहेका सुब्बा २०३७ मा उच्च शिक्षा अध्ययन गर्न धरान आइपुगेका थिए । राजनीतिकै क्रममा सुब्बा २०४० मै अनेरास्वयवियु धरान नगर कमिटी सदस्य बनेका थिए भने २०४७ सालपछि भने युवा संघको राजनीतिमा सक्रिय रहि तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संघको नगर, जिल्ला संयोजक हुँदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बनेका थिए ।

त्यसयता उनी धरानवासी भएका थिए । लामो समयसम्म धराने जनताको मनमा बसन सफल सुब्बा २०७५ असार १४ मा मेयरमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...