भ्यान एक आपसमा ठोकिँदा दुईको मृत्यु,११ जना घाइते

Accident  photo

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले बताए । मृत्यु हुनेमा कैलालीको गोदाबरी नगरपालिका–४ का २४ वर्षीया रीना चौधरी र उनको एक वर्षीय छोरा रिदम रहेको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २५० नं भ्यान र धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा १० ज ४९१८ नं को म्याजिक भ्यान एक आपसमा ठोकिँएका हुन् । घाइतेको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...