धनकुटा बजारमा नगरपालिकाको अनुगमन

Dkat news 1

धनकुटा । धनकुटामा धनकुटमा भेटिएको अखाध्य र म्याद नाघेको खाद्यन्न भेटिएको छ ।

धनकुटा नगरपालिकाले विभिन्न खाद्यन्न पसल र अन्य पसलमा छापा मारेको थियो । नगपालिकाले गरेको बजार अनुगमनका क्रममा केही पसलहरुमा म्याद नाघेका सामाग्री भेटाएको थियो ।

त्यसैगरी नगरपालिकाकाले व्यवसायीहरुलाई स्वच्छ र स्वस्थ्य खाने कुरा बेच्न सचेत गराएको छ ।

नगरपालिकाले सहयक जिल्ला अधिकारी नुरहरी खतिवडाको नेतृत्वमा नगरका किराना, होटल, फेन्सी, मासु पसल लगाएत १ दर्जन भन्दा बढी व्यवसायमा अनुगमन गरेको छ ।

अनुगमनमा भेटिएका गल्तीहरुलाई आईन्दा सुधारेर काम गर्ने सहमतिमा ब्यबसायीहरुलाई छाडिएको अनुगमनका सदस्य तथा मासु ब्यबसायी संघ धनकुटाका अध्यक्ष मिलन खड्गीले बताए । धनकुटा बजारको माल्लिोकोप्चे, हुलाकटोल सब्जी लाईन लगायतका स्थानमा अनुगमन गर्दा अखाध्य र म्याद नाघेको बिभिन्न खाद्यन्न तथा सामाग्रीहरु नियन्त्रणमा लिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...