जंगली च्याउ खाएर ३ जनाको मृत्यु

Chaayaui

दाङ । जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ ।

सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुकै घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएको थियो ।

त्यहाँको उपचारपछि थप उपचारका लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएकामा मंगलबार बिहान घर्तीको निधन भएको प्रहरीले जनाएको छ ।

जंगली च्याउ खाएकै कारण गत आइतबार पनि घोराही-१९कै १९ वर्षीय बालाराम घर्तीको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

त्यसअघि जंगली च्याउ खाएर गम्भीर बिरामी अवस्थामा उपचाररत घोराही–१९ कै पाँच वर्षीया बालिका प्रशंसा घर्तीको असार २९ गते कोहलपुरमै मृत्यु भएको थियो ।

एकै वडाका तीनजनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ भने अझैँ आधा दर्जन जतिले बाँकेमा उपचार गराइरहेको प्रहरीले जानएको छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...