धरानका मेयर सुब्बाको काठमाडौंमा निधन

Tara  subba dharan

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार काठमाडौंमा निधन भएको छ ।

छातीमा निमोनियाको इन्फेक्सन भएका सुब्बा दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।

तेह्रथुमको खाम्लालुङमा १८ माघ ०२३ सालमा जन्मिएका तारा सुब्बा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

०५४ को स्थानीय निर्वाचनमा धरानलाई प्रतिनिधित्व गर्ने जिविसका इलाका सदस्य भएका सुब्बा थिए भने स्थानीय निकाय भंग भएपछि नगरपालिकाको राजनीतिक संयन्त्रमा उनले लगातार तत्कालिन एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...