विद्युत् चुहावट घटेर ५ प्रतिशतमा आयो

Nepal electricity authority

लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७४/७५ मा सिरहाको लहान क्षेत्रमा विद्युत् चुहावटमा कमी हुदैँ ५ प्रतिशतमा आएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ३५ प्रतिशतमा झरेको हो । विगत वर्षमा करीब ४० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७४/७५ मा चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

‘विद्युत् लाइन काटिएका ५०५ ग्राहकबाट १ करोड ४७ लाख ४९ हजार बक्यौता रकम संकलन गरिएको छ’ यादवले भने ।

त्यस्तै वितरण केन्द्र लहानले चालु आवमा हुकिङ गरी विद्युत् चोरी गर्ने ४०७ जनालाई पक्राउ गरी कारवाही गरेको जनाएको छ । कारवाही गरिएकाबाट २८ लाख १६ हजार राजश्व संकलन हुनाका साथै सो क्रममा २७६ थान विद्युत् उपकरणसमेत बरामद गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...