भारतका एकै परिवारको ६ जनाले गरे सामुहिक आत्महत्या

Family death

काठमाडौँ । भारतका एकै परिवारको ६ जनाले सामुहिक आत्महत्या गरेका छन् । उनीहरुमध्ये १ बालक छन् । उनको हत्या गरिएको बताइएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार झारखण्ड राज्यको हजारीबाग शहरमा उक्त परिवार आत्महत्या गरेका हुन् । हजारीबाग सहाय मार्गका ७० वर्षे महावीर माहेश्वरीको परिवारका सबैजनाले आत्महत्या गरेको स्थानीय प्रहरीले बताएको छ ।

उनीहरूको ड्राइ फ्रुट्सको व्यापार थियो । ६ जनै शवसँग ‘सुसाइट नोट’ पनि भेटिएको हजारीबाग प्रहरीले जनाएको छ । लाशहरु घरका अलग अलग सथानमा भेटिएको र सबैको लाशसँगै सुसाइड नोट पनि भेटिएकाले घटनाबारे अनुसन्धान सुरु गरिसकिएको प्रहरीको भनाइ छ ।

‘सुसाइड नोटमा’ आफुहरुले स्वेच्छाले आतमहत्या गरेको लेखिएको छ । परिवारका सबैभन्दा साना छोरा अमनले भने आत्महत्या गर्न नसक्ने हुँदा उनको हत्या गरिएको पनि सुसाइड नोटमा उल्लेख छ । व्यवसायी परिवारका छिमेक तथा आफन्तका अनुसार उनीहरुले व्यापारमा निकै घाटा व्यहोरिरहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...