अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष पक्राउ

Adhyax

काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा पठाई दिने भन्दै ४ जनाबाट ४ लाख रुपैयाँ ठगि काठमाडौँ पुगेका साउदलाई महानगरिय प्रहरी प्रभाग काँडाघारीले पक्राउ गरेको छ ।

अध्यक्ष साउदले मकाउ पठाइदिने भन्दै ३ वर्ष पहिले ४ जना युवाबाट १–१ लाखका दरल ४ लाख रुपैयाँ ठगि गरेको भन्दै पीडितले जिल्ला प्रशासन काठमाडौंमा उजुरी थिएका थिए ।

पीडित पूर्णबहादुर खड्काका अनुसार साउदले खड्काबाट २ लाख, रबि बस्नेत, राजेन्द्र बहादुर चन्द, विष्णु क्षेत्रीबाट एक/एक लाख रुपैयाँ र पासपोर्ट लगेका थिए । पटकपटकको प्रयासपछि साउदले ३ चरणमा गरि एक लाख ५० हजार फिर्ता गरे पनि बाँकी रकम माग्दा उल्टै धम्काउने गरेपछि प्रहरीमा उजुरी दिएको खड्काले बताए । साउदले ठगि गरेको रुपैयाँ दिनुको साटो उल्टै प्रहरी लगाएर थुनाउने धम्की दिने थालेपछि आफूहरु उजुरी दिन बाध्य भएको पीडितहरु बताउँछन् ।

स्थानीय चुनावको केही समयअघि मात्रै पीडित अछाम पुगेर साउदलाई धनगढी ल्याएका थिए । त्यतिबेला साउदले चुनाव सकिएलगत्तै सबै रुपैयाँ दिने वाचा गरेका थिए । आफूहरुलाई विभिन्न प्रलोभन देखाएर रुपैयाँ लगेको तर विदेश नपठाएको पीडितहरुले बताए ।

जिल्ला प्रसासनबाट पक्राउ गरि दुबै पक्षलाई छलफलका लागि बोलाउनु र सहमती नभए कार्यालयमा हाजिर गराउनु भन्ने पत्र आएको प्रहरीले बताएको छ ।

स्थानीय चुनावमा साउदले तत्कालिन माओवादी केन्द्रबाट चुनाव जितेका थिए । जनयुद्ध लडेका नेताले युवाहरुलाई विदेश पठाउने भन्दै ठगि गरेको सुनेपछि रामारोशनका स्थानीयले लाजले भुतुक्कै भएका छन् । ‘राम्रो भनेर भोट हालेको तर ठग परेछ’ रामारोशनबासी भन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...