भारतको बनारसमा १५० नेपाली महिला बन्धक, उद्दारको प्रयास जारी

Varatma bandhak

काठमाडौं । वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै तेस्रो मुलुक जान लागेका करिब १ सय ५० जना नेपाली महिला भारतमा बन्धक बनाइएको छ ।

दलालमार्फत तेस्रो मुलुक जान लागेका ती महिलाहरुलाई भारत उत्तरप्रदेश राज्यको वनारसमा बन्धक बनाइएको खुलेको छ । बन्धक बनाएकी एक महिलाले बर्दिया मधुवन नगरपालिकामा रहेका आफ्नो श्रीमानलाई उद्दार गरिदिन गुहार मागेपछि उनीहरु बन्धक बनेको रहस्य खुलेको हो ।

उनका श्रीमानले श्रीमती सहित करिब १ सय ५० नेपाली महिलालाई बन्धक बनाएकोले उद्दारका लागि स्थानीय प्रहरी समक्ष आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

वनारसमा कुन ठाउँमा बन्धक बनाइएको हो भन्ने कुरा अहिलेसम्म खुलेको छैन । फलामको च्यानल गेटभित्र बन्धक बनाइएको र बन्धक बनाइएका महिला बर्दियाको विभिन्न ठाउँका भएको प्रहरीले जनाएको छ ।

उनीहरुको उद्दारमा लागि माइती नेपाल लगायतका संघ संस्थासँग समन्वय गरिएको प्रजिअ कुरुम्बाङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...