भोलीदेखि हट्ला त यातयात क्षेत्रको सिन्डिकेट ?

Yatyat syndicate

काठमाडौं । सरकारले साउन १ देखि पूर्णरुपमा सिन्डिकेट हटाउने भनको भए पनि ततकाल नहट्ने अवस्था आएको छ ।

सरकारले केही विषयमा निर्णय गर्न नसक्दा यातायात क्षेत्रको सिन्डिकेट साउन १ बाटै पूर्णरुपमा अन्त्य नहुने देखिएको छ । सरकारले झण्डै दुई महिनाअघि यातायात क्षेत्रको सिन्डिकेट खारेज भएको घोषणा गर्दै साउन १ देखि नयाँ व्यवस्थाका साथ अगाडि बढ्ने बताएको थियो ।

सरकारले व्यवसायीलाई कम्पनीअन्तर्गत दर्ता नगरे साउन १ देखि नै सबै समिति भंग गर्ने घोषणा गरेको थियो । यदी तोकिएको समयमा कम्पनीमा नगए साउन १ बाट यातायात समितिले चलाउँदै आएको रुट इजाजत नवीकरण नगर्न सरकारी योजना थियो ।

सरकार आवश्यक सवारी संख्या र रुट निर्धारण, दुर्घटना बीमा र क्षतिपूर्ति जस्ता विषयमा सरकार अझैं निष्कर्षमा पुग्न सकेको छैन । यही बहानामा व्यवसायीहरुले पेशाको सुरक्षाको सुनिश्चितता नभएसम्म सरकारले कम्पनीमा दर्ता हुन दिएको निर्देशन नमान्ने अडान लिइरहेका छन् ।

देशभरि तीन सयभन्दा बढी यातायात समिति छन् । तीमध्ये दुई महिनाको अवधिमा ५० भन्दा बढी व्यवसायी मात्र कम्पनीमा दर्ता भएका छन् । त्यसमा पनि अधिकांशले समितिअन्तर्गत नै रहेर काम गरिरहेको व्यवसायीहरू दावी छ ।

सरकारद्वारा गठित यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा संयोजक रहेको कार्यदलले अझैसम्म प्रतिवेदन बुझाउन सकेको छैन । यो अवस्थामा साउन १ देखि यातयात क्षेत्रमा देखिएको सिन्डिकेट खारेजी भइहाल्ने अवस्था छैन ।

यसअघि सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार सिन्डिकेट हटाउन भन्दै कतिपय यातायात समितिहरूको बैंक खाता रोक्का गर्न थालेको थियो । सरकारले देशभरका झण्डै २४५ यातायात समितिहरुको खाता रोक्का गर्न सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...