उप्रेती र पाण्डेलाई राजदूतमा नियुक्ति
काठमाडौं । सरकारले भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूतमा नियुक्ति गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उप्रेती र पाण्डेको सिफारिस गरेको हो ।
संसदीय सुनुवाई समितिको सुनुवाईपछि उनीहरुको नाम एग्रिमोको लागि सम्बन्धित देशमा पठाइने छ । पाण्डे साउदी अरेवीयाको राजदूत भइसकेका व्यक्ति हुन् ।
भारतमा कांग्रेस नेता दीपकुमार उपाध्याय चुनावका लागि फर्केदेखि खाली छन् भने मलेसियामा निरञ्जनमानसिंह बस्न्यात फर्केपछि खाली रहेको छ । न्यूयोर्कको स्थायी प्रतिनिधि र यूएइको राजदूत पनि खाली रहेको छ ।
प्रतिकृया दिनुहोस