संसद भवनको ३ नम्बर गेटबाट २५ जना अधिकारकर्मी पक्राउ

Manab adhikarkarki pakrau

काठमाडौं । संसद भवन अगाडि धर्ना दिने कृष्ण पहाडी सहितका अधिकारकर्मीहरु पक्राउ परेका छन् ।

सरकारले स्वतन्त्रता विरोध र स्वेच्छाचारी निर्णय तथा गतिविधि गरेको भन्दै मानवअधिकार तथा शान्ति समाजले संसद भवनको ३ नम्बर गेट अगाडि धर्ना दिएको थियो ।

तर, धर्नामा बसेकाहरुलाई प्रहरीले पक्राउ परेको छ । कृष्ण पहाडीसहित २५ भन्दा बढी अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले सत्याग्रही डा. गोविन्द केसीको जीवन रक्षाको माग र सरकारको स्वतन्त्रता विरोधी गतिविधिको विरुद्ध संसद्‌ भवनअगाडि प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार पनि प्रहरीले उनीहरुलाई २ घन्टा थुनामा राखी रिहा गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...