६ दिनअघि हराएकी युवतीको शव फेला

Deadbody 3zp

कञ्चनपुर । गत असार २६ गतेदेखि घरबाट बेपत्ता भएकी युवतीको शव भेटिएको छ ।

कृष्णपुर नगरपालिका–८, आमखैयाकी १७ वर्षीय कविता विष्टको शव पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेको लालझाडी जंगलस्थित खोलामा फालेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रबत्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) ज्ञानबहादुर सेठीले जानकारी दिए ।

खोज अनुसन्धानका क्रममा विष्टको हत्याको आरोपमा सोही ठाउँका मदन गिरीलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका गिरीले दिएको बयानको आधारमा यौन सम्पर्कपछि कविताले आत्महत्या गरेको बताइए पनि उनीसँगै रहेका अर्का १ जना भारततर्फ फरार भएको आशंका प्रहरीको छ ।

हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको डिएसपी सेठीले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...