डिप्रेसनमा गएका गोरेलाई किन चाहियो सेनाको सुरक्षा ?
काठमाडौं । साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ काठमाडौंस्थित केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका छन् ।
तर, केही समयदेखि भने उनी डिप्रेसनमा गएका छन् । उनी अहिले कसैसँग नबोल्ने, बोलिहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायसै टोलाउने र आँखाबाट आँसु झार्नेजस्ता व्यवहार देखाउने गरेका छन् ।
अहिले त उनी प्रहरीको सुरक्षामाथि शंका गर्न थालेका छन् । कहिले काहीँ उनले ‘कारागारसँग आफुलाई प्रहरीबाटै असुरक्षा भइरहेको छ, मलाई सुरक्षाका लागि सेना चाहिन्छ’ भन्न थालेका छन् ।
कारागारले बेलबखत गोरेलाई जचाउन अस्पताल पनि लैजाने गरेको छ । तर, अस्पताल पुग्दा गोरेले आफुलाई केही नभउको बताउने गरेका छन् । त्यही भएर अहिलेसम्म अस्पतालले कुनै पनि औषधी दिएको छैन ।
डिप्रेसनमा गएका गोरेले आखिर किन मागिरहेका छन् आफ्नो सुरक्षामा सेना ? के साच्चै उनीमाथि सुरक्षा थ्रेड भएकै हो त ? स्रोत भन्छ, यदी उनले आत्मसमर्पण गरेको भए यसै भन्न सकिन्थ्यो । तर, अहिले उनीमाथि कुनै सुरक्षा थ्रेड छैन ।
अहिले उनी आफ्नो सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्ने गर्छन् । कहिले सुरक्षा नपुगेको भन्दै कराउँछन् । कोहीसँग बोल्न मान्दैन । टोलाएर बस्ने गर्छन् । कहिले रोएको जस्तो पनि देखिन्छन् ।
जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि २८ जेठदेखि उनी गोलघरमा छन् । पछिल्ला दिन उनलाई परिवारका सीमित सदस्य र निजी वकिलसँग मात्रै भेट्न दिइएको कारागारले जनाएको छ ।
प्रतिकृया दिनुहोस