पर्सामा २ वटा शव फेला, पहिचान खुल्न बाकिँ

Dia....

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा ६ वर्षीय बालक मृत अवस्थामा पोखरीमा भेटिएका छन् ।

मृतक बहुदरमाई नगरपालिका-२ बैरियाविर्ता टोलका शिवजी साहको छोरा आयुब साह भएको आशंका गरिएको छ ।

बिहान ८ बजेतिर खाना खाएर घरबाट निस्किएका आयुब दिउँसो गाउँको पूर्वपट्टी रहेको पोखरीमा मृत भेटिएको दावी स्थानीय बासिन्दाले गरेका छन् । आयुबको हत्या भएको दावी गर्दै स्थानीय बासिन्दाले पोखरीबाट शव निकाल्न दिएका छैनन् ।


स्थानीयले हेटौंडाबाट तालिम प्राप्त कुुकुर मगाएर अनुसन्धान गरेपछि मात्रै पोखरीबाट शव निकाल्न दिने अडान राखेका छन् । घटना स्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा भेला भएका छन् ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने पोखरीमा शव देखिएको तर हात मात्रै बाहिर देखिएकोले पहिचान खुल्न नसकेको जानकारी दिए । ‘पोखरीमा शव देखिएको जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ । पोखरीबाट शव निकाल्न नपाएका कारण पहिचान खुल्न सकेको छैन,’ उनले भने, ‘हेटौंडाबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान पक्रिया अगाडी बढाउने तयारी गरिरहेका छौं ।’ 


त्यसैगरी पर्साको जगरनाथपुर गाउँपालिकामा एक अधवैंशे महिलाको शव भेटिएको छ । पर्साको जगरनाथपुर गाउँपालिका-४ सुहपुरस्थित गंगुली खोलाको किनारमा अन्दाजी ३५र४० वर्षीया महिलाको शव फेला परेको हो ।

महिलाको शव सडिसकेकोले पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक सुबास बुढाथोकीले जानकारी दिए । ‘सडीसकेको अवस्थामा शव फेला परेको छ, अनुहार चिन्न सक्ने अवस्थामा छैन, कम्मरदेखि मुनीको भाग गलिसकेको छ,’ उनले भने, ‘मुचुल्का उठाएर शव शल्यपरीक्षणका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा पठाएका छौं ।’

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...