विराटनगरका नासु घुससहित पक्राउ
विराटनगर । भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई ३० हजार घुससहित पक्राउ गरिएको छ ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले कार्यालयबाटै पक्राउ गरेको कार्कीले बताएको छ ।
विराटनगरका १ व्यक्तिसँग मोहियानी हक दिलाइ दिने भन्दै खतिवडाले घुस मागेका थिए ।
तिनै व्यक्तिले अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए । घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ ।
प्रतिकृया दिनुहोस