रा. वि. बैंकल ६ वटा शाखा थप्यो

R b bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ६ वटा कार्यालय डोल्पा जिल्लाको मुड्केचुलास्थित इल निलदहमा र पर्सा जिल्लाको ठोरीस्थित सुवर्णपुरमा शाखा सञ्चालनमा ल्याएको हो ।

यस्तै, मनाङ जिल्लाको नेस्याङ गाउँपालिका-४, हुम्दे, रौतहटको मौलापुर नगरपालिका-५ मौलापुर, रौतहटकै इशनाथ गाउँपालिका-२, औरेया र मोरङ जिल्लाको कटहरी गाउँपालिका-३ कटहरीमा शाखा खोलेको बैंकले जनाएको छ ।

उक्त नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंकको शाखा संख्या २०१ पुगेको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा सञ्चालनमा ल्याइएको छ ।

बैंकले हाल ७३ जिल्लामा २ सय १ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...