सप्तकोसीको बाढीले घेरियो गोबरगाढा बस्ती

Bayarej

राजविराज । सप्तकोसी नदीमा पानीको बहाबको उतारचढावका बीच हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १३ को गोबरगाढा बस्ती चारैतिरबाट कोसीको पानीले घेरिएको छ ।
बस्ती नै कोसीको बाढीले घेरिँदा ४० परिवारका २ सय ५० जनाको अवस्था जोखिमपूर्ण रहेको वडाध्यक्ष विन्देश्वरी यादवले जानकारी दिएका छन् ।

‘बस्तीबाट निस्कन सक्ने अवस्था छैन, उक्त बस्ती मध्यकोसीमै छ । ’ हनुमाननगर बजारबाट डुंगामा जोखिमपूर्ण यात्रा गर्दै शनिबार साँझ गोबरगाढातर्फ जाँदै गर्दा टेलिफोन सम्पर्क भएका यादवल भने, ‘कोसीमा पानीको सतह बढने क्रम जारी छ, बढेको पानी नआउँदै बस्तीमा पानी पसिसकेको छ ।’

‘डुंगामा जोखिम मोलेर चारवटा भंगाला तरेर अहिले साँझका बेला जान सकिने अवस्था छैन,’ प्रहरी नायव निरीक्षक खत्रीले भने, ‘हनुमाननगरबाट फोनमार्फत स्थानीयको अवस्थावारे जानकारी लिइरहेको छु ।’

भारतीय लापरबाहीले पश्चिमी तटबन्ध जोखिममा
बिगत कयांै वर्षदेखि कोसीको पानीले पश्चिमी तटबन्धलाई छोएको थिएन । तर यसवर्ष भारतीय कोसी योजनाका अधिकारीहरू र भारतीय ठेकेदारहरूले आफूखुसी कोसीको बहाबलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि अहिले कोसीको बहाब पश्चिमी तटबन्धतिर मोडिँदा तटबन्ध जोखिममा परेको हो ।

‘३ लाख क्युसेकभन्दा बढी पानीको बहाब भयो भने जुनसुकै बेला कोसीको पश्चिमी तटबन्ध भत्किने खतरा बढेको छ,’ हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहले भने, ‘एक त पश्चिमी तटबन्धको मर्मत गरिएन, त्यसमाथि नदीको पूरै बहाव पश्चिमतर्फ फर्काइयो जसका कारण अहिले तटबन्ध जोखिममा परेको छ ।’

कोसीको पानी पश्चिमी तटबन्धलाई नै छोएपछि आसपासका बस्तीका सर्वसाधारण त्रसित भएका छन् । ‘कोसीको पश्चिमी तटबन्धमा समस्या आए सप्तरी जिल्लाका १ लाखभन्दा बढी जनताको उठिबास हुने खतरा छ,’ मेयर साहले भने ।
मेयर साहले योजनाबद्ध ढंगबाट नेपाली बस्ती डुबानमा पार्ने गरी भारतीय पक्षले कोसीको मध्य भागमा च्यानल खनी पानीको बहाब पश्चिमी तटबन्धतर्फ मोडेको आरोप लगाए ।
यसअघि ब्यारेजभन्दा तल्लो क्षेत्रमा कोसीको बहाब पूर्वी भागबाट हँुदै आएको थियो । पछिल्लो २ वर्ष लगाएर भारतीय कोसी योजनाका अधिकारीहरूले ब्यारेजको २८ नं ढोका सामुन्नेबाट पाइलट च्यानल खनी पानीको बहाबलाई पश्चिमतर्फ मोडेपछि अहिले पानीको दबाब पश्चिमी तटबन्धमाथि बढेको हो ।

कोसी ब्यारेजबाट रम्पुरा मल्हनियासम्म हनुमाननगर कंकालिनी नगरपालिकामा १७ किलोमिटर कोसीको पश्चिमी तटबन्ध छ । सन् १९८८ मा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनियामा कोसीको पश्चिमी तटबन्ध भत्केको थियो ।
‘कोसी भत्केको बेला पछि हालसम्म तटबन्धको मर्मतसम्भार हुन सकेको छैन,’ मेयर साहले थपे, ‘मर्मत सम्भारको अभावमा तटबन्ध जीर्ण छ अनि फेरि पानीको चाप पनि तटबन्धतर्फ सोझयाएकाले पश्चिमी तटबन्ध असुरक्षित भएको छ ।’ कोसीमा हुने मर्मत र निर्माणका कार्य भारतीय पक्षले गर्ने भए पनि सुरक्षा र अनुगमनको कार्य नेपाली अधिकारीहरूको हो ।

‘भारतीयहरूले आफूखुसी एकतर्फी रूपमा च्यानल खनेर कोसीको बहाब पूर्ववाट पश्चिमतर्फ गर्दा हाम्रो सरकार मौन बस्यो,’ कोसीपीडित समाजका अध्यक्ष देवनारायण यादवले भने, ‘अहिले नदीको पूरै बहाब पश्चिमतर्फ मोडिएको छ, पश्चिमी तटबन्धमा पानी छोएको छ, तटबन्ध पूर्णरूपमा असुरक्षित भएको छ, तटबन्ध छेउका बस्तीका बासिन्दा त्रसित भएका छन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...