आमाको आत्माले तर्साएर घरमा कोही बस्न नमिल्ने

Gorkha mother hatya

गोरखा । आफ्नै आमालाई छोराले हत्या गरेपछि आमाको आत्मा भुत बनि तर्साउन थालेको छ ।

गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका वडा नं.१ सपुङ्गेका राजेश बिश्वले प्यारलाईसिस् रोगले थला परेकी ६४ बर्षिय आमा बबि बिश्वलाई भित्ताभरी रगतै रगत गरी निर्धात कुटेर हत्या गरेको हो ।

राती आमाको मृत्यु भएपछि बिहानै आमा बितेको भन्दै राजेश गाउँमा गई मलामी बोलाइ शबलाई शदखत गर्न दरौदी किनारमा लगेका थिए ।

शब जलाउने तयारी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीहरुले नियन्त्रणमा लिए । अभियुक्त राजेश सहित १७ जना मलामीहरुलाई समेत नियन्त्रण गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

१२ जना मलामी छुटीसकेको छ भने अभियुक्त राजेश विश्व सहित ४ जना अझै प्रहरी नियन्त्रणमा रहेको छ । राजेशकी श्रीमतीले समेत आमालाई पिटेर मारेको प्रहरीलाई बयान दिएकी हुन् ।

आमा मरेपछि घरमा कोही बस्दैन । घरमा राती राती भुतले तर्साएको र आमाको आवाजमा भूत बोल्ने भन्दै उक्त घर बस्न नमिल्ने समेत स्थानीयले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...