लाइसेन्स नभएको मान्छेलाई सवारी चलाउन दिनेलाई कारवाही !

Trafice p nepal

काठमाडौं । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ ।

ललितपुरमा केहीदिन अघि लाइसेन्सविनै स्कुटर चलाउने व्यक्तिका बाबुसमेत कारवाहीमा परे ।

धापाखेल बस्ने हरिश्चन्द्र महर्जनले आफ्नो छोरालाई स्कुटर दिएका थिए । बाबुसँग लाइसेन्स भएता पनि छोरासँग थिएन । छोरा युजेन्द्र धापाखेलबाट सातदोबाटोतिर आउँदै थिए, बाटामा ७ वर्षे बालक जीवन धमलालाई स्कुटरले ठक्कर दियो ।

घाइतेलाई उपचारका लागि तत्कालै बीएण्डबी अस्पतालमा भर्ना गरियो । युजेन्द्रलाई प्रहरीले पक्राउ ग¥यो । बा६९ प२६१९ नं को स्कुटर पनि प्रहरीले नियन्त्रणमा लियो ।

आफ्नो स्कुटर लिएर बजारतिर हिँडेको छोरो दुर्घटनामा परेपछि हरिश्चन्द्र महर्जनले जावलाखेलस्थित ट्राफिक प्रहरीका प्रमुख इन्स्पेक्टर सीताराम हाछेथुलाई भेटे । आफूले ययसरी छोरालाई स्कुटी दिनु गल्ती भएको भन्दै महर्जनले माफी मागे । तर, हाछेथुले बाबुलाई समेत कारबाही हुने बताए ।

दुर्घटना गराउने छोरालाई प्रहरीले थुनामा राखेकै थियो, बाबुका नाममा हछेथुले १ हजार रुपैयाँको चिट काटे । अनि लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिने व्यक्तिलाई समेत कारवाही हुने उनले सम्झाए ।

घरमा रहेको मोटरसाइकल वा स्कुटर छोराछोरीलाई लिएर बाबुआमाले बजारतिर पठाउने गरेकाले दुर्घटना बढेको हाछेथु बताउँछन् ।

हाछेथुले भने – ‘लाइसेन्स नलिएका आफ्ना छोराछोरीलाई बाबुले जा दूध, तरकारी लिएर आइज भन्दै मोटरसाइकल चलाउन दिन्छन्, यसले गर्दा दुर्घटना हुने गरेको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...