सुनसरीका ५ जना पत्रकार पुरस्कृत

Sunsari ka patrakar

धरान । प्रत्येक वर्ष पुरस्कृत गरिँदै आएको ‘मनमाया गोपाल सृजनशील पत्रकारिता’ र ‘डम्बरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार’ पुरस्कारबाट सुनसरीका ५ जना पत्रकार पुरस्कृत भएका छन् ।

‘मनमाया–धनबहादुर कार्की सिर्जनशील पत्रकारिता पुरस्कार’ रोहित राई, रणध्वज लोहार, राजन केडी र रोमा रिजाललाई प्रदान गरिएको छ ।

सुनसरीका पुराना पत्रकार स्व. डम्बरबहादुर थापाको स्मृतिमा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष विश्वमणि सुवेदीले स्थापना गरेको ‘डम्बरबहादुर स्मृति पत्रकारिता पुरस्कार’ पत्रकारिता पुरस्कारबाट राजन निरौला पुरस्कृत भए । सो पुरस्कारको राशी १० हजार ५ सयको छ ।

ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की र सम्पादक तथा प्रबन्धक निर्देशक किशोरकुमार कार्कीले वुवा आमाको नाममा स्थापना गरिएको सृजनशील पत्रकारिता पुरस्कारको राशी जनही ८ हजारको छ ।

प्रेस चौतारी सुनसरीले शनिबार धरानमा आयोजना गरेर सो पुरस्कार वितरण गरेको हो । सो पुरस्कार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदान गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...