कञ्चनपुरको गोरखनाथ सामुदायिक वन उत्कृष्ट

Gorakhanatha

बेलौरी । कन्चनपुर जिल्लाको दक्षिण क्षेत्रका सामुदायिक वन उपभोक्ता समिति मध्ये बेलौरी नगरपालिका वडा नं ९ कुन्डास्थित गोरखनाथ सामुदायिक वन समिती उत्कृष्ट ठहर भएको छ ।
उत्कृष्ट ठहरिएको सामुदायिक वनले नगद पुरस्कार रु १० हजार र प्रमाणपत्र पाएको छ।

शनिबार लालझाडी गाउँपालिकास्थित पचकडिया रेञ्जपोष्टमा आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजाराम चौधरीलाई प्रमुख अतिथि पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले सो पुरस्कार हस्तान्तरण गरे ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेका सामुदायिक बनहरुमध्ये गोरखनाथले बनको संरक्षणमा उच्च तहको योगदान पुर्याएवापत पुरस्किृत गरिएको जिल्ला वन अधिकृत शिव शर्माले बताए ।

पुरस्कार पाएपछि वन संरक्षणको थप दायित्व बढेको आफुले महसुस गरेको अध्यक्ष चौधरीको भनाइ छ । गोरखनाथ सामुदायिक वनले केही वर्षअघि हतियार सहितका तस्करहरुलाई समेत समातेर जिल्ला वन कार्यालयमा बुझाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...